फिल्ममा यौन दृश्य– हेर्दा रमाइलो, खिच्न कठिन | Khabarhub Khabarhub

फिल्ममा यौन दृश्य– हेर्दा रमाइलो, खिच्न कठिन


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(आजतक)– एउटा फिल्ममा त्यसको कथा अनुसार कैयौं यौन दृश्य हुन्छन् । कथाअनुसार ती दृश्यलाई वास्तविक सरह देखाउन निर्माताले पूर्ण रुपमा प्रयास गर्छन् । तर यी दृश्यलाई पर्दामा देखाउन जति सजिलो छ, त्यसको छायांकन गर्न उत्तिकै नै कठिन छ ।

कोरियोग्राफरले गर्छन् सहयोग
एक अन्तरंग दृश्य अर्थात् यौन दृश्यलाई दमदार र राम्रो बनाउन निकै मेहनत गर्नुपर्छ । न्यूयोर्ककी कोरियोग्राफर ट्रिसिया ब्रोक यस्ता दृश्यलाई कोरियोग्राफ गर्न खप्पिस छिन् । कलाकारलाई यौन दृश्यमा अभिनय गराउनुअघि उनी आफ्नो पार्टनरसँग यौन दृश्य कसरी गर्ने भनेर अभिनय गरेर देखाउछिन् । त्यसपछि उनी कलाकारलाई सिकाउछिन् । उनको बुझाईमा यसो गर्नाले कोही पनि कलाकारले आफूलाई असुरक्षित महशुस गर्न सक्दैनन् ।

हलिउडमा इन्टिमेसी कोरियोग्राफर पनि हुन्छन् । उनीहरुको काम नै यौन दृश्यको कोरियोग्राफी गर्नु हो । यसलाई कुनै डान्स नम्बर या स्टन्ट दृश्य सरह नै खिचिन्छ । धेरै कलाकारलाई नग्न दृश्य दिन कुनै आपत्ति हुँदैन । तर केही यस्ता पनि छन्, जो असहज महशुस गर्छन् । यस्ता अभिनेताका लागि कक सक र स्नेच पेच जस्ता सामाग्रीको प्रयोग गरिन्छ । एक पुरुष अभिनेता ककसकको प्रयोगले आफ्नो गोप्य अंगलाई लुकाउछन् ।

पिरियड्समा पनि सुटिङ
फिल्ममा यौ दृश्यको समयमा महिलाहरुलाई लेण्डिङ स्ट्रिप जस्ता सामाग्री लगाउन दिइन्छ । यसलाई डपल टेप अथवा बिकिनी बाइटले लुकाउने गरिन्छ । अनसेट कष्ट्युम डिजाइनर सारा बास्टाका अनुसार अभिनेत्रीहरुलाई पिरियडको समयमा पनि यौन दृश्य सुट गर्नुपर्ने बाध्यता हुन्छ ।

लामो सुटमा बडी डबल
सुटिङ लामो समयसम्म चलिरह्यो भने कलाकारलाई यौन दृश्यमा बडी डबलको समेत प्रयोग गरिन्छ । एक कलाकारलाई एक हलिउडको हंकको लागि उनको आउने टेलिभिजन सिरिजमा यौन दृश्य सुटका लागि बोलाइएको थियो । ‘मलाई धेरै नै कामसूत्रको पोजिसन दिनुपर्यो । सुटिङ पाँचदेखि ६ घण्टासम्म चलेको थियो । अन्तिमसम्ममा मेरो दुबै खुट्टाको घुँडामा घाउ भएको थियो । मेरो घुँडामा कैयौं दिनसम्म प्लास्टर लगाइएको थियो’, उनले भनेका छन् ।

इरेक्सन हुन र नहुन सक्छ
बडी डबलको बारेमा कुराकानी गर्ने कलाकारले इरेक्सनको बारेमा पनि बताएका थिए । उनका अनुसार यौन दृश्य दिनु अघि आफ्नो पार्टनरसँग कुराकानी हुन्छ । ‘म उसलाई यदि यस्तो भयो भने मलाई माफ गरिदिनु भन्छु । भएन भने पनि मलाई माफ गरिदिनु भन्छु । यदी मलाई अचानक इरेक्सन भयो भने पनि म अभिनयको हदभन्दा अगाडि बढिसकेको छु भनेर सोचेर डराउदिनँ । यदि यस्तो भएन भने मलाई अस्वीकार्य अनुभव हुँदैन । यस्तो अवस्थामा तपाईंले कुनै असहजत महशुस हुँदैन’, उनले भनेका छन् ।

नक्कली हुन्छ प्यूबिक कपाल
मेर्किन्स नामको प्राइभेट पार्ट कवरको प्रयोग हलिउडमा बढ्दो छ । मेकअप आर्टिस्ट शार्प मेर्किन्सलाई ‘पुसी विग्स’का रुपमा सम्बोधन गर्छिन् । उनले कैयौं अभिनेत्रीलाई नक्कली प्यूबिक कपाल लगाइदिएकी छन् । उनी आफ्नो उद्देश्य अभिनेत्रीलाई सहज महशुस गराउनुका साथै कामूक देखाउनु रहेको बताउछिन् ।

‘कट’ भनेपछि नाङ्गै घुम्दैनन् कलाकार
एक दृश्य सुट भइरहँदा कलाकारलाई नग्न हुनु आवश्यक छ । तर कष्ट्युम या अन्य डिपार्टमेन्टका कोही व्यक्ति बाथरोब र स्लिपर लिएर दृश्यपछि कलाकारलाई छोप्नका लागि तयार भएर बसेका हुन्छन् । यौन दृश्य खिच्नासाथ उसलाई बाथरोबले छोपिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : २६ बजे

अन्ततः कपिलको शोमा फर्किए सिद्धु, पहिला किन बाहिरिए ?

काठमाडौं – ‘द कपिल शर्मा शो’को टिमले टेलिभिजनबाट विश्राम लिएर

आईफोन- १७ मा वायरलेस चार्ज तीन गुणा छिटो हुने

काठमाडौं– एप्पलले यसै वर्ष आईफोन- १७ सार्वजनिक गर्दैछ । समाचारमा

बैतडीको पुर्चौडी पूर्णखोप सुनिश्चिता पालिका घोषणा

बैतडी– बैतडीको पुर्चौडी नगरपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय

वेल्सविरुद्ध बेल्जियमको सनसनीपूर्ण जित

काठमाडौं – विश्वकप फुटबलको युरोपेली छनोट अन्तरगत गएराति भएको खेलमा