माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं : प्रचण्ड « Khabarhub

माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं : प्रचण्ड


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताएका छन् ।

पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले अब पार्टी सशक्त रूपमा अघि बढ्ने र क्रान्तिकारी धारमा अघि बढ्ने बताए ।

मार्क्र्सवाद, लेनिनवाद र माओवादीलाई आत्मसात गर्दै सोही विचारधाराअनुसार सबैलाई अघि बढ्न प्रचण्डले निर्देशन दिए । उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने उनले विश्वास व्यक्त गरे । उनले पार्टीमा बहस चलाउन पनि आग्रह गरे । राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन अपील गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : १५ बजे

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन

रसुवाबाट २५ घाइतेको उपचारका लागि काठमाडौं ल्याइयो  

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते

नुवाकोटको दृश्य : उद्धार गर्दै सुरक्षाकर्मी, आफन्तको आर्तनाद (तस्बिरहरू)

काठमाडौं– नुवाकोटका बाढीपीडितलाई नेपाली सेनासहित सुरक्षाकर्मीद्वारा हवाई उद्धार जारी छ

विपद्मा नागरिकको जीवन रक्षा गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसले सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम

नेपालमा बाढी प्रभावित भारतीयको उद्धारका लागि भारतीय दूतावास सक्रिय

काठमाडौं- नेपालमा बुधबार आएको आकस्मिक बाढीबाट प्रभावित भारतीय नागरिकको उद्धार