भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे « Khabarhub

भीमसेनदासले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरे


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेसको वाग्मती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिबार काठमाडौँको शान्ति वाटिकामा घोषणासभा आयोजना गर्दै कांग्रेस नेता भीमसेनदास प्रधानले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरे । आफूले प्रदेश सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको बताउँदै प्रधानले सबै नेताहरूसँग नजिक भएर काम गर्न चाहने मान्छे भएको बताए । उनले तीन तहमा देखिएका समस्या माधान गर्न र नेपाली काँग्रेसको पालामा बनेको संविधान कार्यान्वयनसंगै रक्षा गर्न आफूले सभापतिको उम्मेदवारी घोषणा गरेको बताए ।

प्रधानलाई वाग्मती प्रदेश सभापतिका लागि केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले प्रस्ताव गरेका थिए । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । वाग्मती प्रदेशको प्रदेश अधिवेशन हेटौंडामा हुनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ७ : ३३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार