पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट पारित « Khabarhub

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव बन्दसत्रबाट पारित


११ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– गत महिना भएको एमालेको विधान महाधिवेशनले पारित गरेको विधान संशोधन हुने भएको छ । चितवनमा जारी १० औँ महाधिवेशनको बन्दसत्रले। केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव पारित गरेसँगै विधान संशोधन हुने भएको हो।
नयाँ व्यवस्था अनुसार अब एमालेको केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । जसमा १९ जना पदाधिकारीहरु रहनेछन् ।

शुक्रबार राति बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय गरेको थियो । विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको थियो । त्यसमा अब ७६ जना थप्ने निर्णय भएको हो ।

यस्तै, पदाधिकारी संख्या १५ बाट १९ पुर्‍याइएको छ । उपाध्यक्षमा दुई र उपमहासचिवमा दुई जना थपिने भएको हो । यस्तै बन्दसत्रले ९९ सदस्यीय पोलिटब्यूरोको प्रस्ताव पनि पारित गरेको छ ।

नेताहरुको व्यवस्थापनका लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो । सर्वसम्मत बनाउने चर्चा चले पनि भीम रावलले अध्यक्षमा र अरु नेताहरुले विधिन्न पदमा उम्मेदवारी घोषणा गरेर मत मागिरहेका छन् ।

शनिबार निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भनिए पनि शनिबार निर्वाचन कार्यक्रम सार्वजनिक गरिएन ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ०५ बजे

नेकपा छाडेर प्रलोपा रोजेका सुदन अब हर्कको श्रम संस्कृतितिर (तस्बिरहरू)

काठमाडौं- पूर्वपर्यटन मन्त्री एवम् प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमण्डलका सदस्य सुदन

नौ दिनदेखि हराइरहेकी महिला मृत फेला

तेह्रथुम- तेह्रथुम जिल्लास्थित म्याङलुङ नगरपालिका-९ साब्ला कोप्चेकी एक महिला मृत

एउटा स्मार्ट लाइसेन्स छाप्न १९५.१७ रुपैयाँ लाग्ने

काठमाडौं- एउटा स्मार्ट ड्राइभिङ लाइसेन्स कार्ड छाप्न करिब रु १९५.१७

तालचोक-बेगनास सडकको म्याद तेस्रोपटक थप

गण्डकी- निर्माणमा ढिलाइ भइरहेको तालचोक-बेगनास सडकको तेस्रोपटक म्याद थप भएको

वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन व्यवस्थित गर्न अपिल

अर्घाखाँची- वनक्षेत्रको संरक्षण तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन वन अतिक्रमण