नेपाल बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै « Khabarhub

नेपाल बारले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

आज माधव नेपाललाई ज्ञापनपत्र बुझाउने 


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै एक महिनादेखि आन्दोलनरत बारले भोलि बारको कार्यसमिति बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

बैठकमा आगामी आन्दोलनको मोडलबारे छलफल गर्ने र त्यसपछि घोषणा गरिने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए। बारले यसअघि चौथो चरणको आन्दोलन शुक्रबारसम्मका लागि घोषणा गरेको थियो ।

बारले आज पनि सर्वोच्च अदालत परिसरमा नियमित धर्ना दिएको छ । यसअघि उसले यस विषयमा ध्यानाकर्षण गर्न विभिन्न तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यसै क्रममा आज  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले बताए । नेता नेपालसँग दिउँसो साढे २ बजे भेट्ने कार्यक्रम तय भएको छ।

बारले सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादीलगायत विपक्षी दलहरु  नेकपा एमाले र राष्ट्रिय जनमोर्चा पार्टीलगायतलाई ध्यानाकर्षण गराइसकेको छ ।

यस्तै सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाइएको थियो । तर यस विषयमा दलहरुले भने चासो देखाएका छैनन् । प्रधानन्यायाधीश राणाले भने नियमित काम गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : ३० बजे

एमाले महाधिवेशन : अध्यक्षमा ओली र महासचिवमा पोखरेलको अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको

हलभित्र मतगणना, बाहिर परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनको मतगणना सुरु

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको