विधिअनुसार नचल्दा कांग्रेसको छवि खराब हुँदै गयो : प्रकाशमान | Khabarhub Khabarhub

विधिअनुसार नचल्दा कांग्रेसको छवि खराब हुँदै गयो : प्रकाशमान


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधि र नियमअनुसार पार्टी नचल्दा कांग्रेसको छवि विग्रदै गएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिको १४ औँ अधिवेशन उद्घाटन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले पार्टीको १३ औँ महाधिवेशन सकिएको दुई महिना भित्र विभागहरु गठन गर्नुपर्ने पार्टीको विधान भए पनि ५ वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन गरेको टिप्पणी गरे ।

नेता सिंहले बहुमत छ भन्दैमा पार्टीलाई विधि र अनुशासनभन्दा बाहिर गएर सञ्चालन गर्न नहुने धारणा राखे । उनले काठमाडाँै जिल्लाको अधिवेशनमा भोट हाल्दा पार्टीलाई बेथितितिर लैजाने कि नीति र नियम संवत चलाउने भन्नेतर्फ ध्यान दिन आग्रह गरे । उनले कांग्रेसको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने सन्देश यसपटकको काठमाडाँै जिल्लाको अधिवेशनले दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेता गगन थापाले चितवन महाधिवेशनपछि आउने नेकपा एमाले आफ्नो भित्रको जनवादलाई सिध्याउने मात्र नभई देशको प्रजातन्त्रको बाटोलाई पनि सिध्याउने गरी आउने दाबी गरे। बरालिएको एमालेलाई ठेगानमा ल्याउने काम नेपाली कांगेसले गर्न सक्नुपर्ने उनले बताए ।

उनले एमाले चितवनबाट फर्किएपछि निर्वाचनमा जाने भएकाले कांग्रेसले एमालेसँग निर्वाचन अघि प्रजातन्त्र, संविधान र व्यवस्था जोगाउनका लगि जुध्नुपर्ने भएकाले देशभरबाट एमालेसँग जुध्नसक्ने सिंगो पार्टीलाई उचाल्न सक्ने नेतृत्व छनोट गर्न आग्रह गरे।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : १९ बजे

मेडिकल क्षेत्रमा काम गर्नेले ‘चिकित्सा नैतिकता’ छोड्नु हुँदैन : पूर्व राष्ट्रपति यादव

चितवन – पूर्व राष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा काम

माधव नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं – पतञ्जलि योगपीठलाई हदबन्दी छुटमा जग्गा दिने निर्णयमार्फत आर्थिक

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

म्याग्दी – आयोजकलाई घरेलु मैदानमा पराजित गर्दै स्याङ्जा जिल्ला खेलकुद

फेसबुक ठगी प्रकरणः ६२ लाख ठगी गरेका युवक पक्राउ

सुनसरी – सामाजिक सञ्जाल फेसबुकमार्फत रु ६२ लाख ७५ हजार

भारतमा बन्धक बनाइएका ५८ नेपाली युवाको उद्धार

कञ्चनपुर – आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पु-याएर बन्धक बनाइएका