कांग्रेस वडा अधिवेशनका क्रममा सर्लाहीमा गोली चल्यो | Khabarhub Khabarhub

कांग्रेस वडा अधिवेशनका क्रममा सर्लाहीमा गोली चल्यो


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पीएसओले गोली चलाएका हुन् ।

आइतवार बलारा नगरपालिकाको ९ नम्बर वडाको अधिवेशन स्थलमा पुगेका मन्त्री सिंह र स्थानीय कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि मन्त्रीका पीएसओले एक राउण्ड हवाई फाएर गरेको श्रोतले जनाएको छ ।

स्थानीय कांग्रेस कार्यकर्ताका अनुसार पूर्व वडासभापति मतदानस्थलमा उपस्थित नभएपछि निर्वाचन प्रकृया नै अन्योलमा परेको अवस्थामा मन्त्री सिंंह केही कार्यकर्ता लिएर अचलगढ मतदान केन्द्र पुगेका थिए । लगत्तै स्थानीय कांग्रेस नेता कार्यकर्ताले उनलाई मतदान स्थलमा जान रोके । त्यसपछि स्थानीय प्रशासनको सहयोगमा मतदानस्थल प्रवेश गरेका उनले मतदान अधिकृतलाई आफ्नो ढंगले प्रकृया अगाडि बढएको आरोप लगाउदै गालीगलौज गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

मतदान अधिकृतलाई गालीगलौज गर्दै मतदानस्थलको टेवल कुर्सी फाल्न थालेपछि स्थानीय कांग्रेस नेता कार्यकर्ता मन्त्री सिहं र उनीसगैँ गएका कार्यकर्ता माथि जाइलागेका थिए । सोही क्रममा सिंहसँगै‌ रहेका पीएसओ प्रहरी हवल्दार रामचन्द्र खंगले एक राउण्ड गोली चलाएका हुन् । त्यसपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।

प्रहार गरेको कुर्सीले लागेर प्रहरी हवल्दार खंगको टाउकोमा समेत चोट लागेको छ । सोही क्रममा अर्का एक जना कांग्रेस कार्यकर्ता रामचन्द्र महतोसमेत घाइते भएको प्रहरी जनाएको छ ।

मन्त्री सिंहका पीएसओले गत २ मंसिरमा पार्टी कार्यलयमा कांग्रेसका दुई पक्षबीच छलफलका क्रममा भएको विवादमा समेत पेस्तोल निकालेका थिए ।

त्यसवेला समेत आक्रोसित नेता कार्यकर्ताको भीडले मन्त्री सिंह, उनका पीएसओ र तत्कालीन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेमाथि कुटपिट गरेका थिए । अहिले घटनास्थलको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी माधव प्रसाद बुडाथाकीले जानकारी दिए । डीएसपी बुडाथोकीले भने सामान्य वादविवाद मात्र भएको दाबी गरे ।

यता मन्त्री सिंहले प्रतिनिधिसभाका सांसद अमरेश सिंह पक्षका केही मानिसले आफुखुसी मतदानस्थल कब्जा गर्न खोजेको आरोप लगाएका छन् । आफूलाई मतदान स्थलमा प्रवेश समेत नदिएको उनले बताए । आक्रमणबाट आफूसँगै गएका एक जना सहयोगीको हात भाचिएको र पीएसओको टाउकोमा चोट लागेको उनको दाबी छ ।

निर्वाचन प्रकृया अगाडि बढउन नपाएको बलरा नगारपालिका ९ को अधिवेशन स्थगित भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए ।

जिल्लाका एक दर्जन वडामा सर्वसहमतिको अवस्था नभएपछि मतदानको प्रकृया सुरु गरिएको र अन्य स्थानमा शान्तिपूर्ण ढंगले अधिवेशन भइरहेको मतदान अधिकृत राउतले बताए ।

प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । सर्लाहीमा लामो समयदेखि जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन ईतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायबीच टकराब छ । जिल्ला अधिवेशनका दुबै नेता जिल्ला सभापतिको उमेद्वार छन् । न्यूजकारखाना

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : २० बजे

सौतेनी भाइ भारतीय रतन टाटाको उत्तराधिकारी बन्ने

मुम्बई । एक खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष

काभा पुरुष भलिबल : नेपाल फाइनलमा प्रवेश

काठमाडौं – सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत

चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु

बेइजिङ– चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा

राष्ट्रपति पौडेलले सर्वसाधारणलाई दशैँको टीका लगाइदिने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको

इजरायललाई हतियार नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पेनी प्रधानमन्त्रीको आग्रह

एजेन्सी– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रबार भ्याटिकन पोप फ्रान्सिससँगको बैठकपछि