सुजनको ‘होमवर्क’ जाँच गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भने- अब पहिलो हुनु « Khabarhub

सुजनको ‘होमवर्क’ जाँच गर्दै सञ्चारमन्त्री बाँस्कोटाले भने- अब पहिलो हुनु


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्‍याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे । ‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई ?’ मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, ‘किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।’

मन्त्री बाँस्कोटाले करीब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेरे र भने, ‘राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु नि !’, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।

सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कूलको ‘वर्षे बिदा’ मा काठमाडौँ आउन भने । सुजनले मधुर बोलीमा ‘हुन्छ’ मात्रै भने । उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे ।

मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महीना दिनमा भेट्न आउने आश्वासन दिए । उनले भने, ‘यदि भ्याइनँ भने दुई महीनामा एकचोटी पक्का ।’

मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सिमान्तकृत दनुवार समुदायका सुजन हाल स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दैछन् । सुजनसँगको भेटघाटपछि मन्त्री बाँस्कोटाले भने, ‘सुजनले प्रगति गर्दैछ, यसमा म खुसी छु, अन्य दुई बालबालिकाको अवस्था बुझ्न केही दिनपछि उनीहरुको घरमा जान्छु ।’ उनले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान शुरु गरिएको थियो ।

मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरे । उनले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएका निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ९ : ०१ बजे

रास्वपालाई कांग्रेस सभापति थापाको शुभकामना : संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रा प्रशंसनीय

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी

फिफा विश्वकप : इक्वेडर र कुरासाओले खेले गोलरहित बराबरी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह ‘ई’ का इक्वेडर

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी– सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार

आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ– ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा हुँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको