मतदान बदर नहुने, मेसिनमा उम्मेदवारका नाम र तस्वीर सेट गर्नै ८ घन्टा | Khabarhub Khabarhub

मतदान बदर नहुने, मेसिनमा उम्मेदवारका नाम र तस्वीर सेट गर्नै ८ घन्टा


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले महाधिवेशनका लागि ७२ वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ ।

आधाभन्दा बढी पदमा सर्वसम्मत भएको जनाउँदै प्रावधिक टोलीले ७२ वटा मेसिन निर्वाचनका लागि तयारी अवस्थामा राखेको हो ।

‘अहिले मतदानका लागि ७२ वटा मेसिन तयारी अवस्थामा छन्, आवाश्यक परेको खण्डमा एक सय मेसिन थप राख्न सकिन्छ ?’ रामलक्ष्मण इन्भेट्सका डाईरेक्टर लक्ष्मण पाण्डले भने, ‘धेरै जसो पदमा सर्वसम्मत भएको बुझिएकाले अनुमान गरेको भन्दा कम मेसिन राखिएको हो ।’

उनका अनुसार भोटिङ मेसिनमा मत बदर हुने सम्भावना रहेको हुन्न । ‘भोटिङ मेसिनमा बदरको सम्भावना हुँदैन किन भने यसले ‘एस’ वा ‘नो’ भन्ने बाहेक अन्य विकल्प दिँदैन, सतप्रतिशत मत खस्छ’ पाण्डेले अगाडी भने, ‘मत हालिसकेपछि प्रिन्ट पनि अटोमेटिक दिन्छ ।’

उनका अनुसार निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेपछि उम्मेदवारको नाम र तस्बिर सिस्टममा अपग्रेड गर्न भने झन्डै ७-८ घन्टा भने लाग्नेछ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  २ : ११ बजे

विश्वकप लिग-२ : युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई शृङ्खलाको अन्तिम

शिक्षण पेसामा रहेका विष्णुराज केराखेतीमा रमाउँदै

कञ्चनपुर– कञ्चनपुरको पुनर्बास नगरपालिका–१ का विष्णुराज घिमिरे जनकल्याण माध्यमिक विद्यालयका

कैलालीमा १५६ उद्योग थपिए

कैलाली– घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा १५६ नयाँ उद्योग

जसपा नेपाल केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज

‘संविधानलाई ‘लिक’मा फर्काउन आन्दोलनको तयारीमा छौं’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले विश्वमा समाजवादी