पैसा नहुँदा एक नेपाली महिलाको शव डेढ महिनादेखि कुवेतमै « Khabarhub

पैसा नहुँदा एक नेपाली महिलाको शव डेढ महिनादेखि कुवेतमै


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतमा एक नेपाली महिलाको शव करिब डेढ महिनादेखि अलपत्र परेको छ । झापा पृथ्वी नगर-९  घर भएकी सबिना किस्कुको शव आर्थिक अभावमा अस्पतालकै शव घरमा अलपत्र परेको हो ।

केही वर्षअघि गैरकानुनी बाटो हुँदै कुवेत प्रवेश गरी गैर कानुनी रूपमै काम गरिरहेकी किस्कुको गत अक्टोबर १९ तारिखमा मृत्यु भएको थियो । अकस्मात बिमारी भएर अस्पताल भर्ना गरिएकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।

आर्थिक अभावले अलपत्र शव नेपाल पठाउन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ र गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतको सहकार्यमा सुन बहादुर तामाङको संयोजकत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले जनाएको छ । कुवेतबाट शव नेपाल पठाउन करिब एक लाख पचास हजार (३८५ कुवेती दिनार)आवश्यक पर्ने बताइन्छ ।

यसअघि पनि एनआरएनएलगायतका विभिन्न सङ्घसंस्थाहरूले मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाएको थियो । नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेकाहरुलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कुनै सहयोग नगरेको एनआरएनएले जनाएको छ ।

नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरूले कुवेत,भारत, बङ्गलादेश, दुबई तथा श्रीलङ्का लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन्।

यसरी गैर कानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरूले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।

 

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : २३ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा