राजनीतिलाई व्यवसाय बनाउनेले लोकतन्त्र नै धरासयी पारे : सिंह « Khabarhub

राजनीतिलाई व्यवसाय बनाउनेले लोकतन्त्र नै धरासयी पारे : सिंह


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई सेवाभन्दा पनि व्यवसाय बनाएका कारण लोकतन्त्र धरासयी बनेको बताएका छन् ।

‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहले नै राजनीततिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ–लालचमा नफसीकन, प्रलोभनमा नपरीकन आउने दिनहरूलाई सुधारेर जान सक्ने, राम्रो बनाउने अवसर आएको छ ।’

कांग्रेस नेता लोकेश ढकालको ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ पुस्तक विमोचन गर्दै सिंहले कांग्रेस कमजोर भए लोकतान्त्रिक पद्धति नै कमजोर बन्ने बताए ।

‘यति ठूलो संघर्षबाट प्राप्त भएको यो डेमोक्रेटिक सिस्टमलाई बचाउनका लागि भएपनि हामीले अहिले कांग्रेसलाई प्रभावकारी नेतृत्व दिनसक्नु पर्छ । जसले कांग्रेसलाई सबल र सक्षम बनाउन सकोस्, पार्टीलाई संस्थागत गर्न सकोस्,’ उनले भने । उनले ०४६ सालपछि कांग्रेस सत्ता र शक्तिको लालचमा परेर बिग्रिएको टिप्पणी गरे ।

‘कांग्रेस ०४६ सालसम्म भ्यालुलेस पोलिटिक्समा थियो । ०४६ को जनआन्दोलनपछि कांग्रेसमा सत्ता र शक्तिको राजनीति सुरू भयो । त्यसयता पार्टीं र नेतृत्वमा विभिन्न कमीकमजोरीहरू देखा परेका छन्,’ सिंहले आफ्नो अनुभव सुनाउँदै भने, ‘राजनीतिक नेतृत्वले आफ्नो कमजोरीको पहिचान गरेर त्यसलाई सुधार्ने क्षमता राख्नुपर्छ ।’

नेपालमा राजनीतिक दलहरू संस्थागत हुन नसकेका कारण जनतामा निराशा छाएको उनको भनाइ छ ।

‘राजनीतिक परिवर्तनका लागि ठूलो संघर्ष भयो, जनआन्दोलन भए । तर, त्यसबाट प्राप्त महत्वपूर्ण उपलब्धिहरू पनि हामीले जनताका सामु पुर्‍याउन सकेनौँ । ती उपलब्धिहरूलाई दलहरूले जनतासामू पुर्‍याउनुपर्ने हो । दलहरू संस्थागत भए भने नेपाली राजनीति र समाजका धेरै जसो समस्याहरू आफैँ सुल्झिन्छन्,’ सिंहले भने ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ४० बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन