नेपालमा एचआइभी/एड्सको सङ्क्रमण दर घट्दो « Khabarhub

नेपालमा एचआइभी/एड्सको सङ्क्रमण दर घट्दो


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा मंगलबार आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १० वर्षको अन्तरमा सङ्क्रमण दर ६३ प्रतिशतले घटेको केन्द्रका निर्देशक डा सुधा देवकोटाले जानकारी दिइन् । ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४औँ विश्व एड्स दिवस भोलि मनाइँदै छ ।

यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा सङ्क्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो सङ्ख्या सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।

उनले सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले सङ्क्रमण दर घटेको बताइन् । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ सङ्क्रमित पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभीमा सङ्क्रमणमा नियन्त्रण भइरहेको छ ।

सरकारले एचआइभी सङ्क्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवद्र्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल ९एआरभी० सेवा प्रदान गरिँदै आइरहेको छ । नेपालमा अहिले एचआइभी सङ्क्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताइन् । यो सङ्ख्या कूल सङ्क्रमितको ६९ प्रतिशत हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये ०।१३ प्रतिशत व्यस्कमा सङ्क्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी सङ्क्रमण दर ५ प्रतिशत भन्दाबढी र सामान्य जनसङ्ख्यामा एचआइभी सङ्क्रमण दर एक प्रतिशत भन्दा कम रहेको छ ।

यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । यस्तै महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत सङ्क्रमण पाइएको छ ।

सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : १२ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो