जिग्रीको गीतमा रोमान्टिक धुर्मुस सुन्तली « Khabarhub

जिग्रीको गीतमा रोमान्टिक धुर्मुस सुन्तली


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कलाकार कुमार कट्टेल ‘जिग्री’को स्वरमा रहेको गीत ‘मायलो जीवन सजाऊ’ सार्वजनिक भएको छ । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ ।

भिडियोमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को अभिनय रहेको छ । यसअघि जिग्रीले गाएको ‘मञ्जुरी’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

धुर्मुस सुन्तलीको १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर गीत सार्वजनिक गरिएको हो । दाजुभाउजुको वैवाहिक वर्षगाँठलाई थप विशेष बनाउन पनि आफ्नो स्वरमा रहेको गीत सुम्पिएको जिग्रीले बताए ।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा धुर्मुस सुन्तलीलाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त प्रेमिल दम्पतीको रुपमा प्रस्तुत गरिएको छ ।

राजेन्द्र मोक्तानको रंग संयोजन तथा बन्दे प्रसादको सम्पादन रहेको गीतको भिडियो धुर्मुस सुन्तली युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ५८ बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि