राष्ट्रपति भण्डारी आज रुपन्देही र कपिलवस्तुमा, यस्ता छन् कार्यक्रम   « Khabarhub

राष्ट्रपति भण्डारी आज रुपन्देही र कपिलवस्तुमा, यस्ता छन् कार्यक्रम  


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदैछिन् ।

राष्ट्रपति भण्डारीले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ स्थापना दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

साथै विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्नुहुने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले जानकारी दिएका छन् ।

विश्वविद्यालयका सूचना अधिकृत चूडामणि पोखरेलका अनुसार तीन तले पुस्तकालय भवनमा बैठक कक्ष, इ लाइब्रेरी, पुस्तक कक्ष, आइटी रुम, भिडियो कन्फ्रेन्स रुम र ५०० क्षमताको सभाहल रहेका छन् । उक्त केन्द्रीय पुस्तकालय रु नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले निर्माण गरेको हो ।

स्थापना दिवसको मूल समारोहमा राष्ट्रपतिले राष्ट्रपतिले विश्वविद्यालयले प्रकाशन गरेका छवटा पुस्तक अशोक वदान, इतिवुत्तक, बुद्धवंश, बुद्ध र ब्रह्म, सिद्धार्थ चरित्रम् पुस्तकको लोकार्पण गर्नुहुने रजिष्ट्रार आचार्यले बताए । त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रमसमेत राखिएको छ ।

त्रियान प्रज्ञा सम्मेलन कार्यक्रममा नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका यी तीन बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको रजिष्ट्रार आचार्यले जानकारी दिए ।

उनकाअनुसार थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटामध्ये नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृतिलाई समृद्धिसँग कसरि जोड्न सकिन्छ भन्ने विषय विज्ञमार्फत सम्मेलनमा मन्थन हुनेछ ।

यसैगरी राष्ट्रपति भण्डारीले आजै कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा दुई वटा प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले कैलाश आश्रममा सञ्चालन भइरहेको महायज्ञमा सरिक हुने र संक्षिप्त मन्तव्यको कार्यक्रमसमेत रहेको वडा नं २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा आश्रम १२ हेक्टर धार्मिक बनको क्षेत्रमा निर्माणाधीन रहेको र धार्मिक पर्यटकका हि

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ३६ बजे

काठमाडौं महानगरमा २७ सय महिलाको परीक्षण : ९० जनामा एचपीभी संक्रमण पुष्टि

काठमाडौं- काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको निःशुल्क स्तन

वर्षाले चितवनको रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

चितवन– अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर– वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको

विश्वकप फुटबल : भिएआर सुविधा कि विवाद ?

फिफा विश्वकप २०२६ अब अन्तिम चरणमा पुगेको छ। मैदानमा खेलाडीको

सिँचाइ सुविधासँगै आकासे पानीको भर पर्नुपर्ने समस्या अन्त्य

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिमका तुलप्रसाद जुग्जालीले लुरवाङस्थित खेतमा यसपालि