हिन्दी फिल्मको प्रभाव : गाउँकै विहेमा पनि हेलिकोप्टर चार्टर्ड « Khabarhub

हिन्दी फिल्मको प्रभाव : गाउँकै विहेमा पनि हेलिकोप्टर चार्टर्ड


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरे । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशको तवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन् ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका हुन् । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह भयो ।

हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरे । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए । ‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, बेहुलाका बुवा जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो ।’ उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए । ‘हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भने, बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो ।’

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ३३ बजे

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण

रास्वपा संसदीय दलको बैठक बस्दै, उपसभामुख निर्वाचन मुख्य एजेन्डा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज

घरपझोङ ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ– घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ संकलन तथा चिस्यान गृह निर्माण

आइतबार अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे