कांग्रेस अधिवेशन : रौतहट–४ मा पदाधिकारीलाई प्रमाणपत्र दिन संस्थापन पक्षका नेताको अवरोध « Khabarhub

कांग्रेस अधिवेशन : रौतहट–४ मा पदाधिकारीलाई प्रमाणपत्र दिन संस्थापन पक्षका नेताको अवरोध


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेपाली कांग्रेसका रौतहट क्षेत्र नम्बर ४ का निर्वाचित क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिहरूको प्रमाणपत्र वितरणमा अवरोध भएको छ ।

प्रमाणपत्र बनाउन कृष्णा यादव समुहले अवरोध गरेको स्थानीय कार्यकर्ताले आरोप लगाएका छन् ।

शुरुमा यादबले सर्वसम्मति भन्दै चुनावनै रोके पनि गत मंसिर ४ गते १५१ जनाले लिखित रुपमै निर्वाचनको आग्रह गर्दै जिल्ला निर्वाचन अधिकृतलाई पत्र बुझाएका थिए।

कार्यकर्ताको दवावपछि यादव समूह चुनाव गराउन बाध्य भएपनि अहिले प्रमाणपत्र वितरणमा अवरोध गर्दै आएको आरोप निर्वाचित पदाधिकारीको छ ।

यादबले अलोकतान्त्रिक चरित्र देखाएको भन्दै स्थानीय कार्यकर्ताले हिजोपनि नाराजुलुस गरेका थिए। चुनावमा संस्थापन पक्षका सबै उम्मेदवारले हारेपछि प्रमाणपत्र वितरणको काम रोकिएको छ ।

प्रमाणपत्र समयमै नपाए आन्दोलन गर्ने स्थानीय कांग्रेस कार्यकर्ताले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ३ : १५ बजे

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार

‘जल्नुअघि चालकले ‘दबाब दिए म लास हुनेछु’ भन्दा प्रहरीले संवेदनशीलता देखाएन, गृहमन्त्रीको जवाफ चाहियो’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले त्रिपुरेश्वरमा

यमनमा मानवीय संकट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

एजेन्सी– यमनमा पछिल्लो समय बढ्दै गएको असुरक्षाका कारण सातवटा गभर्नरेटबाट

शंकर पोखरेलले भने- अध्यक्षसँग मेरो मतभेद छैन, कुनै अभियोग लगाउन खोजेको होइन 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा