सिंहदरबारभित्रै जेब्रा क्रसिङमा गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते « Khabarhub

सिंहदरबारभित्रै जेब्रा क्रसिङमा गाडीले ठक्कर दिँदा राष्ट्रियसभा सदस्य गैरे घाइते


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिंहदरबारभित्र गाडीको ठक्करबाट राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे घाइते भएकी छन् । 

आज सिंहदरबार परिसरभित्र जेब्रा क्रसिङबाट बाटो काट्ने क्रममा बा १७ च ८८०७ नम्बरको गाडीले ठक्कर दिँदा सांसद गैरे घाइते भएकी हुन् । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गाडीको ठक्करबाट घाइते हुनुभएका गैरेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

ठक्कर दिने सोही गाडीले उनलाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सदस्य गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ०७ बजे

प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

काठमाडौँ- नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग

शिक्षा नियमावली एघारौं संशोधन सहमतिका लागि कानुन मन्त्रालय पठाइँदै

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौं संशोधन

चितवनले पोखरलाई दियो १५२ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

यमदीप दान आज बेलुकीदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदै

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको