प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन्, कर्णालीमा निधीका पनि उम्मेदवार « Khabarhub

प्रदेश एकमा मिलेका देउवा–सिटौला वागमतीमा मिलेनन्, कर्णालीमा निधीका पनि उम्मेदवार


१७ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले प्रदेशमा अधिवेशन भइरहेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेशमा अधिवेशन भइरहेको छ । बिहीबार अधिवेशन उदघाटन गरिएको थियो । शुक्रबार उम्मेदवारी दर्ता गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका छ । सबै प्रदेशमा प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको छ ।

६ वटै प्रदेशमा देउवा समूह र पौडेल समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ । तेस्रो धारका रुपमा रहेको सिटौला समूह वागमती प्रदेशबाहेकका प्रदेशमा देउवा समूहसँग मिलेको छ । वागमतीमा सिटौला समूहका भिमसेनादास प्रधान पनि उम्मेदवार बनेका छन् ।

कर्णाली प्रदेशमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । कर्णालीमा उपसभापति विमलेन्द्र निधी निकट मोतीराज बम पनि उम्मेदवार बनेका छन् ।

कांग्रेस वागमती प्रदेश सभापतिका लागि तीनजनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा संस्थापन पक्ष शेरबहादुर देउवा समूहबाट इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गरेका छन् । बानियाँ नेपाली कांग्रेसका बाग्मती प्रदेश संसदीय दलका नेतासमेत हुन् । संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का उम्मेद्वार रहेका छन् ।

पौडेल–कोइराला समूहबाट जगदीश्वरनरसिंह केसीले सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचनचन्द्र बादे उम्मेदवार बन्ने भएका छन् । सहमहामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ ।

सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवा पक्षबाट ललितजंग शाही, निधी पक्षबाट मोतीराज बम र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले प्रदेश सभापतिमा मनोनयन दर्ता गरेका छन् । ललितजंग जुम्ला, मोतीराज र शाही कालीकोटका हुन् ।

यस्तै, प्रदेश महामन्त्री पदमा भने देउवा पक्षबाट निरञ्जन केसी र पौडेल पक्षबाट कृष्ण विसीले उम्मेद्वारी दर्ता गराएका छन् । सुर्खेतका केसी तरुण दलका पूर्वकेन्द्रीय उपाध्यक्ष र विसी दैलेखका निवर्तमान पार्टी सभापति हुन् ।

सुदूरपश्चिम प्रदेश सभापतिमा दुईजनाको मात्र उम्मेदवारी परेको छ ।

सभापति शेरबहादुर देउवा पक्षबाट वीरबहादुर बलायर र इतर पक्षबाट नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट नरनारायण शाहले पनि सभापतिमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर, उनी बलायरको प्यानलबाट महामन्त्रीमा बस्न राजी भएका छन् ।

दुई मात्र उम्मेदवार भएकाले सभापतिको निर्वाचनमा अब एकै चरणमा नतिजा आउने भएको छ ।

उता प्रदेश १ मा सिटौला–देउवा प्यानलबाट उद्धव थापा सभापतिको उम्मेदवार बनेका छन् भने पौडेल समूहबाट गुरुराज घिमिरे उम्मेदवार बनेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा देउवा समूहबाट भरत शाह र पौडेल समूहबाट अमरसिंह पुन सभापतिको उम्मेदवार बनेका छन् । यस्तै गण्डकी प्रदेशमा देउवा समूहबाट अर्जुन जोशी र पौडेल समूहबाट शुक्रराज जोशी उम्मेदवार बनेका छन् ।

प्रदेश १, वागमती र गण्डकीमा पौडेल समूह बलियो देखिएको छ भने सुदूरपश्चिममा देउवा समूह बलियो छ । गण्डकी र कर्णालीमा दुबै समूहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ५ : १८ बजे

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६

आज राष्ट्रपतिले दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई

कार्की आयोगको प्रतिवेदनबारे कांग्रेसले गर्‍यो छलफल आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनाबारे गठित जाँचबुझ

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर– वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य