छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा शनिबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बालुवा लोड गरिएको ना५त ४१०८ नंको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिका–११ फराकचौरमा शनिबार दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग१त ६२८८ नंको ट्र्याक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : ४० बजे

पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर– जिल्लामा चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर मसान्तसम्ममा चार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ– यहाँका वारागुङ मुक्तिक्षेत्रऔ३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा

आजको कार्टुन – ओलीको नयाँ अवतार !

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनबाट अध्यक्ष पदमा केपी

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली– जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं– सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेन-जीद्वारा