छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु « Khabarhub

छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु


१८ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्साको पटेर्वासुगौली गाउँपालिका–२ चाफीमा शनिबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बालुवा लोड गरिएको ना५त ४१०८ नंको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली–२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै तनहुँको व्यास नगरपालिका–११ फराकचौरमा शनिबार दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग१त ६२८८ नंको ट्र्याक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १० : ४० बजे

डा. डीआर उपाध्यायको नयाँ भजन ‘हरे कृष्ण’ सार्वजनिक

काठमाडौं – १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा। डीआर

दावाको घटनाबारे बाबुरामले भने – राज्यप्रति बढ्दो निराशाको संकेत

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजधानीको केन्द्रमा युवाहरूले आत्मदाहको

बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो

काठमाडौं – रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट