नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि | Khabarhub Khabarhub

नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ  ।

गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/०७८को साउनदेखी कात्तिकसम्मको चार महिनामा वीरगन्ज नाका प्रयोग गरी रू १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म रू ३९ अर्ब ५६ करोड ३९ लाख बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

विश्वस्तरमै कोरोनाको  सङ्क्रमण घटदै गएपछि  उद्योग व्यापारमा पनि  सहजता  भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमीत गुप्ताले जानकारी दिए ।

उनले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल,  भटमासको पिना, जडिबुटीलगायत वस्तु रहेको बताए । नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजश्व सङ्कलनमा समेत देखिएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयले रू २६ अर्बभन्दा बढी राजश्व सङ्कलन  गर्न सफल भएको हो  ।

गत आर्थिक वर्षको पहिलो चार महिनामा उक्त कार्यालयले रू ४३ अर्ब ६७ करोड २६ लाख राजश्व सङ्कलन गरेकामा  ।चालु आवमा २६ अर्ब ४४करोड ८८ लाख बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख राजश्स सङ्कलन गर्न सफल भएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : १६ बजे

रुसमाथिको प्रतिबन्ध लम्ब्याउन इयू नेता सहमत

एजेन्सी– क्रेमलिन मैत्री हङ्गेरीले रुसमाथिको प्रतिबन्धलाई खुकुलो पार्नसक्ने सम्भावनाबीच थप

भिजिट भिसा प्रकरणमा देउवाले भने- गृहमन्त्रीविरुद्ध झुटा आरोप लगाउने प्रयास भयो

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले निर्धारित समयमा नै

जापान जाने प्रशिक्षार्थी कामदारमाथि ‘सिन्डिकेट’को लुट, कारबाही गर्न कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको माग

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जापान जान

कुकुरको मासु बेच्न नपाउँदा कोरियाली किसानलाई तनाव

एजेन्सी – दक्षिण कोरियाली सरकारले सन्‌ २०२४ जनवरीदेखि देशभर कुकुरको

इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ

तेलअभिभ- इजरायली रक्षा मन्त्री इजराइल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला