राप्रपा कमल थापा पक्षको समीक्षा भेला ‘याक एन्ड यति’मा « Khabarhub

राप्रपा कमल थापा पक्षको समीक्षा भेला ‘याक एन्ड यति’मा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमल थापा पक्षको समीक्षा भेला होटल याक एन्ड यतिमा शुरु भएको छ ।

दरबारमार्गस्थित याक एन्ड यति होटलमा जारी भेलामा महाधिवेशनको चुनावी परिणामको समीक्षा हुने बताइएको छ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहितको टीम समीक्षात्मक छलफलमा जुटेको हो ।

‘महाधिवेशनको समीक्षा गर्न याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ,’ थापा पक्षका एक केन्द्रीय सदस्यले भने ।

राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : २० बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको