राप्रपा कमल थापा पक्षको समीक्षा भेला ‘याक एन्ड यति’मा « Khabarhub

राप्रपा कमल थापा पक्षको समीक्षा भेला ‘याक एन्ड यति’मा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमल थापा पक्षको समीक्षा भेला होटल याक एन्ड यतिमा शुरु भएको छ ।

दरबारमार्गस्थित याक एन्ड यति होटलमा जारी भेलामा महाधिवेशनको चुनावी परिणामको समीक्षा हुने बताइएको छ ।

राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि थापासहितको टीम समीक्षात्मक छलफलमा जुटेको हो ।

‘महाधिवेशनको समीक्षा गर्न याक एन्ड यतिमा सबै नेताहरु भेला हुनु भएको छ,’ थापा पक्षका एक केन्द्रीय सदस्यले भने ।

राप्रपामा अध्यक्षसहित नयाँ कार्यसमिति निर्वाचनका लागि शनिबार मतदान भएको थियो ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका छन् । त्यसैगरी पदाधिकारीमा भने थापा समूहको वर्चश्व रहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १२ : २० बजे

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

आज २०८२ साल पुस १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।