होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा « Khabarhub

होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ ।

पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको हो ।

चार बिघा क्षेत्रफलमा एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ पक्की भवन बनाइएको छ । त्यसमध्ये १४ वटा क्वारेन्टिन, दुई डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, १२ डाइनिङ हल, दुई एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ शौचालय तयार भइसकेका छन् । बाँकी संरचनाको फिनिसिङ गर्ने काम भइरहेको छ ।

नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनुपूर्व रु २५ करोडको लगानीमा आगामी पुस मसान्तभित्रमा निर्माण सक्ने गरी गत असार ३ गते हनुमान कन्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेको थियो ।

सुरुमा काँकडभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिए पनि उपयुक्त जग्गा अभावमा नाकाबाट करिब २० किलोमिटर टाढा रहेको दुहागढीमा असार २२ गतेदेखि भवन बनाउन सुरु गरिएको हनुमान कन्ट्रक्सनका साइड इन्चार्ज सविन भट्टराईले बताए ।

उनले तोकिएको अवधिभित्रमा होल्डिङ सेन्टर तयार गरेर नेपाली सेनालाई जिम्मा लगाइने बताए । ‘हामीलाई मङ्सिर ३० गतेभित्र दुई क्वारेन्टिन, एउटा डाक्टरसहितको स्वास्थ्यकर्मी बस्ने एडमिन कक्ष, दुई शौचालय तयार गर्न नेपाली सेनाको निर्देशन थियो’, उनले भने,’हामीले त ८५ प्रतिशत काम सक्यौं, बाँकी थोरै छ, त्यो पनि समयअवधि अगावै सक्ने प्रयत्नमा छौँ ।’

कोरोना सङ्क्रमणको दोस्रो लहरको समयमा हुलका हुल भारतीय क्षेत्रबाट पूर्वीनाका काँकडभिट्टा हुँदै भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएको थियो । उनीहरुलाई राख्नका लागि स्थानीय प्रशासनले बाध्य भएर विद्यालयलाई होल्डिङ सेन्टर बनाउनु परेको थियो ।

पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराईका आठ नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गरिरहेको श्रीनाथ गण चारचालीका गणपति अमरजङ्ग थापाले बताए । उनले पुसको पहिलो सातादेखि नै सीमा क्षेत्रबाट प्रवेश गर्ने कोही सङ्क्रमित देखिएमा होल्डिङ सेन्टरमा राख्न सकिने बताए ।

चिकित्सकीय उपकरणसहितको होल्डिङ सेन्टरमा भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन सङ्क्रमितलाई उपचारका लागि राखिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १ : ५५ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा