यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो « Khabarhub

यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनीले जित्यो


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा आइतबार सम्पन्न वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आइतबार सुदूरपश्चिम प्रदेशलाई ११३ रनले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो ।

उपाधि भिडन्तमा लुम्बिनीका कप्तान देव खनाल, विशाल विक्रम केसी र अजय चौहानले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८ ओभर ३ बलमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट भयो ।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशी ११ रन बनाए।

लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रनको योगदान दिए । जोडे। सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए भने शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा सात प्रदेशले राउण्ड रोबिनका आधारमा लिग खेलेका थिए । लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ५ : ०८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका