मतगणना जारी रहेका तीनै प्रदेशमा पौडेल समूहले लियो अग्रता « Khabarhub

मतगणना जारी रहेका तीनै प्रदेशमा पौडेल समूहले लियो अग्रता


१९ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस प्रदेश अधिवेशन अन्तर्गत मतगणना जारी रहेका लुम्बिनी, प्रदेश १ र वागमती प्रदेशमा पौडेल समूहका उम्मेदवारले अग्रता बनाएका छन् ।

प्रदेश १ मा पौडेल पक्षका सभापतिका उम्मेदवार ८ सय मत गणना हुँदा गुरुराज घिमिरेले ४०८ प्राप्त गरेका छन् भने देउवा समूहको समर्थनमा सिटौला समूहबाट उम्मेदवार बनेका उद्धव थापा ३६४ ले मत प्राप्त गरेका छन् । प्रदेश १ को विराटनगरमा मतगणना जारी छ । प्रदेश १ को मतगण्ना अन्तिम चरणमा पुगेको छ ।

यस्तै पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा माथि मत नल्याएपछि पुनः मतदान भएको वागमती प्रदेशको पनि मतगणना सुरु भएको छ । सुरुआती रुझानमा पौडेल समूहका सभापति उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाएका छन् ।

५ सय मत गण्ना हुँदा केसीले २५६ र देउवा समूहका उम्मेदवार इन्द्र बानियाँले २४३ मत प्राप्त गरेका छन् । वागमीतमा २००० भन्दा धेरै मत खसेको छ ।

लुम्बिनीमा ७३० मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ४०२ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह ३२४ मत पाएका छन् । यो प्रदेशमा करिब ११ सय मत खसेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ०५ बजे

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री

ब्वाँसो भागेपछि विद्यालय बन्द

सोल- दक्षिण कोरियामा चिडियाखानाबाट भागेको ब्वाँसो अझै नियन्त्रणबाहिर रहेपछि सुरक्षा

रुबीकुमारी भन्छिन् : मलाई यति माथिसम्म पुर्‍याइदिनु भयो, हर्क साम्पाङलाई भगवान् नै मान्छु

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजना महिला सांसदको उम्मेदवारी दर्ता

‘मिस नेपाल नर्थ अमेरिका’को आवेदन खुला

काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को आवेदन खुला

रविको भरपर्दा जिल्लियो राप्रपा, ज्ञानेन्द्र भन्छन् : उहाँले फोन गरेरै समर्थन छ भन्नु भएको हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भरपर्दा राष्ट्रिय प्रजातन्त्र