कांग्रेस महाधिवेशन : फेरि सभापतिमा उठ्ने देउवाको घोषणा | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : फेरि सभापतिमा उठ्ने देउवाको घोषणा


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् ।

सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।

६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतिमा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् ।

एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । देउवा इतर समूहले ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।

देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए ।

‘यो मेरो अन्तिम पटक हो । फेरि उठ्न मिल्दैन । र, अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने । पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाए ।

नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने ।

देउवाले १४औं महाधिवेशन उदघाटनमा एमालेले जस्तो तडकभडक नगर्ने स्पष्ट पारे । ‘पार्टीको आन्तरिक चुनावमा भीड जम्मा गरेर केको शक्ति प्रदर्शन ? यो गर्ने पक्षमा म छैन,’ देउवाको भनाइ थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  १ : १६ बजे

दशैँले आपसी सहयोग, मेलमिलापको भावना जागृत गर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले दशैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव

कलाकारको दशैँ : कोही गाउँ फर्के, कोही शहरमै

काठमाडौं – यसपाली दशैँको सङ्घार अर्थात् गत असोज ११ र

दशैँले एकतालाई अझ सुदृढ बनाउँछ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा पनि तनहुँ जलविद्युतको काम निरन्तर

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट

दशैँ : व्याख्या, बखान र महत्त्व

सांस्कृतिक धरोहरका रुपमा रहेको नेपालमा कयौं यस्ता सांस्कृतिक गरिमामय परम्परा