म्यानपावर कम्पनीसँग ९० लाख असुली गर्ने दुईजना पक्राउ « Khabarhub

म्यानपावर कम्पनीसँग ९० लाख असुली गर्ने दुईजना पक्राउ


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको पानी पोखरीस्थित यूनिभर्सल इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालकलाई धम्की दिएर ९० लाख २५ हजार रुपैयाँ असुली गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ गंगाहिटिका ४० वर्षीय मिलन जोशी र दोलखा घर भई बालुवाटार बस्दै आएका ३५ वर्षीय रबिन्द्र बस्नेत रहेका छन् । उनीहरुले म्यानपावर कम्पनीका सञ्चालकलाई धम्की दिएर विदेश पठाउने हरेक व्यक्तिबाट २५ हजार कमीशन लिने गरेका थिए ।

उनीहरुले यसरी सो कम्पनीबाट ९० लाख २५ हजार रुपैयाँ लिएको र अरु थप रकम मागेर धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि आपराधिक लाभ लिएको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ७ : २४ बजे

सरकारी तलब कार्यान्वयनको माग गर्दै नर्सहरू आन्दोलित 

काठमाडौं– कलंकीस्थित सहिद मेमोरियल अस्पतालका स्टाफ नर्सहरूले सरकारले तोकेको तलब

जेन-जीको बहिष्कारपछि सरकारले भन्यो : विगतका सहमति कार्यान्वयन हुँदैछन्

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेन्जी

विद्यार्थी दिवस : विश्वविद्यालय स्वायत्तता र विद्यार्थी अधिकारको पक्षमा प्रदर्शन

काठमाडौं – विद्यार्थी दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनहरूले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको