एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति « Khabarhub

एकमात्र सभापतिको उम्मेदवार बनाउने पौडेल समूहमा सहमति


२० मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पौडेल समूहमा एकमात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहेका बेला संस्थापन इतर समूहका सभापतिका आकांक्षी नेताहरुबीच सोमबार साँझ छलफल भएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाटारमा पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । सो छलफलमा साझा उम्मेदवार बनाउने सहमति भएको एक नेताले जानकारी दिए । तर, सभापतिको उम्मेदवार को भन्ने विषयमा भने खुलाइएको छैन। तर, दुई दिनभित्र साझा उम्मेदवार घोषणा गरिने नेताहरुले बताएका छन् ।

केन्द्रीय सदस्यहरुसँग पनि छलफल गरेर उम्मेदवार घोषणा गर्ने सहमति भएको छ । मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा केन्द्रीय सदस्यहरुको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ८ : ५६ बजे

आठ थान बन्दुक बरामद

सुर्खेत– सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

शिक्षा शुल्कमा लगाइएको कर, अभिभावकमाथि अत्याचार

आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ

भोजपुर तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम

विश्वकप २०२६: समूह ‘जे’ मा अर्जेन्टिना बलियो, मेसीसामु इतिहास रच्ने अवसर

काठमाडौँ – लियोनेल मेसी र अर्जेन्टिना लगातार विश्वकप उपाधि रक्षा