‘सप्तरङ ३’मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म « Khabarhub

‘सप्तरङ ३’मा राजेश हमालदेखि अस्मिता अधिकारीसम्म


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशमा ‘सप्तरङ–३’ गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले ‘सप्तरङ’ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने दाबी गरेको छ ।

आयोजकका अनुसार आगामी मंसिर २४ गतेबाट झापाको काकडभिट्टादेखि सुरु हुने यो कार्यक्रम पुष ९ गते पोखरा पुगेर समापन हुनेछ । काकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, मंसिर २८ मा चितवन, पुष १ मा नेपालगन्ज, पुष ३ मा सुर्खेत, पुष ५ मा धनगढी र पुष ९ मा पोखरामा कार्यक्रम हुनेछ ।

यसपटक यो कार्यक्रममा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप क्षेत्री, राजाराजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीको प्रस्तुति हुनेछ ।

कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ९ : ४५ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको