पौडेल साझा उम्मेदवार बन्ने सम्भावना बढ्दै, शशांकले दाबी छाडे « Khabarhub

पौडेल साझा उम्मेदवार बन्ने सम्भावना बढ्दै, शशांकले दाबी छाडे


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

मंगलबार गणेशमान भवन चाक्सीबारीमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकमा सभापतिका आकांक्षी मध्येका एक महामन्त्री डा. शशांक कोइरालाले पौडेललाई समर्थन जनाउँदै आफ्नो दाबेदारी फिर्ता लिएका छन् ।

कोइरालाले बैठकमा पौडेल सबैभन्दा सिनियर नेता भन्दै साझा उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका छन् । कोइरालाको यो प्रस्तावपछि पौडेलको नेतृत्वमा इतर समूह महाधिवेशनमा जाने सम्भावना बढेको हो ।

मंगलबार नै साझा उम्मेदवारको टुंगो लगाउने भनिए पनि टुंगो भने लागेको छैन । सभापतिका आकांक्षी पौडेल, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच बुधबार बिहान छलफल गरेर टिम घोषणा गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले उम्मेदवारीका विषयमा सहमति नजिक पुगेको बताएका छन् । उनले बुधबार बिहान ९ बजे फेरि छलफल गरेर सबै टुंगो लगाउने बताए ।

चाक्सीबारीमा नेताहरुको छलफल चलिरहँदा युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै प्लेकार्ड बोकेर दबाब दिएका थिए।

देशका ६ वटा प्रदेशमा सम्पन्न भएको प्रदेश अधिवेशनको परिणााम इतर पक्षले सोचे जस्तो नआएपछि एकजुट हुनुपर्ने दबाब बढेको छ । त्यसमाथि सभापतिका आकांक्षी शेखर कोइराला र प्रकाशमानको प्रदेशमा देउवा समूहले जित हात पारेपछि वरिष्ठ नेता पौडेलकै नेतृत्वमा जानुपर्ने दबाबसमेत बढेको छ ।

६ प्रदेश मध्ये इतर समूहले गण्डकी र लुम्बिनीमामात्र जित हात पारेको छ । ४ प्रदेशमा देउवा समूहले जित हात पारेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : १५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा