पौडेल साझा उम्मेदवार बन्ने सम्भावना बढ्दै, शशांकले दाबी छाडे | Khabarhub Khabarhub

पौडेल साझा उम्मेदवार बन्ने सम्भावना बढ्दै, शशांकले दाबी छाडे


२१ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापति इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको साझा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

मंगलबार गणेशमान भवन चाक्सीबारीमा बसेको पौडेल पक्षीय नेताहरुको बैठकमा सभापतिका आकांक्षी मध्येका एक महामन्त्री डा. शशांक कोइरालाले पौडेललाई समर्थन जनाउँदै आफ्नो दाबेदारी फिर्ता लिएका छन् ।

कोइरालाले बैठकमा पौडेल सबैभन्दा सिनियर नेता भन्दै साझा उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेका छन् । कोइरालाको यो प्रस्तावपछि पौडेलको नेतृत्वमा इतर समूह महाधिवेशनमा जाने सम्भावना बढेको हो ।

मंगलबार नै साझा उम्मेदवारको टुंगो लगाउने भनिए पनि टुंगो भने लागेको छैन । सभापतिका आकांक्षी पौडेल, प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच बुधबार बिहान छलफल गरेर टिम घोषणा गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै वरिष्ठ नेता पौडेलले उम्मेदवारीका विषयमा सहमति नजिक पुगेको बताएका छन् । उनले बुधबार बिहान ९ बजे फेरि छलफल गरेर सबै टुंगो लगाउने बताए ।

चाक्सीबारीमा नेताहरुको छलफल चलिरहँदा युवाहरुले साझा उम्मेदवार तय गर्न भन्दै प्लेकार्ड बोकेर दबाब दिएका थिए।

देशका ६ वटा प्रदेशमा सम्पन्न भएको प्रदेश अधिवेशनको परिणााम इतर पक्षले सोचे जस्तो नआएपछि एकजुट हुनुपर्ने दबाब बढेको छ । त्यसमाथि सभापतिका आकांक्षी शेखर कोइराला र प्रकाशमानको प्रदेशमा देउवा समूहले जित हात पारेपछि वरिष्ठ नेता पौडेलकै नेतृत्वमा जानुपर्ने दबाबसमेत बढेको छ ।

६ प्रदेश मध्ये इतर समूहले गण्डकी र लुम्बिनीमामात्र जित हात पारेको छ । ४ प्रदेशमा देउवा समूहले जित हात पारेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : १५ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने