दासले चिनेको मूल्य वान हीरा : प्रेरक प्रसङ्ग « Khabarhub

दासले चिनेको मूल्य वान हीरा : प्रेरक प्रसङ्ग


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 बग्दादको खलीफाका एउटा दासको नाम हाशय थियो । ऊ अति कुरुप थियो । सबै दासले उसको मजाक उडाउने गर्थे । एक पटक खलीफा आफ्ना धेरै दासहरुको साथमा बग्गीमा गइरहेका थिए ।

एउटा ठाउँमा हिलो थियो, त्यही हिलोमा उनको घोडा चिप्लियो । खलीफाले हातमा समाएको हीरा मोती हातबाट चिप्लियो र बाकस खुल्यो ।

खलीफाले दासलाई भने- छिटो हीरा मोती टिप । सबैलाई इनाम दिइनेछ ।

यो सुनेर सारा दासहरू हीरा मोती बटुल्नको लागि दौडिए । सिर्फ हाशम उभिरह्यो । खलीफाले भने, तिमी किन नगएको?

उसले भन्यो, सबैभन्दा मूल्य वान हीरा त तपाईं हो, म तपाईंलाई छोडेर कसरी भाग्न सक्छु ? खलीफा उसको मुखबाट यस्तो जवाफ सुनेर खुशी भए र उसलाई तत्कालै दासबाट मुक्त गरिदिए ।

साभार  : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : ०६ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको