लक्ष्मी मित्तलको सफलता « Khabarhub

लक्ष्मी मित्तलको सफलता


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सण्डे टाइम्स रिच लिष्ट २००४ का अनुसार लक्ष्मी मित्तल बेलायतमा रहने सबैभन्दा धनी एसियाली व्यक्ति हुन् । उनीसँग ३.५ अर्ब पाउण्ड अर्थात् करिब ६.४१ अर्ब डलर सम्पत्ति छ । उनी स्टीलको दुनियाँका बेताज बादशाह हुन् । मित्तलका कम्पनी ‘इस्पात’ लाई दुनियाकै सर्वश्रेष्ठ स्टिल कम्पनी मानिन्छ । २००४ मा यी आप्रवासी भारतीयले लन्डनमा ७ करोड पाउण्डमा दुनियाँको सबैभन्दा महँगो घर किने ।

पश्चिमी राजस्थानको मरुभूमि इलाकामा जन्मिएका लक्ष्मी मित्तल एक यस्तो गाउँमा जन्मेका थिए जहाँ बिजुली थिएन । तर, भाग्य र मेहनतको फल भनौँ आज उनी संसारकै महान् हस्ती बनिसकेका छन् । मित्तलका पिता थोरै मात्रामा स्टिल उत्पादन गर्थे तर मित्तलका सपना ठूला थिए । यसकारण उनी १९७६ मा इन्डोनेसिया गए र त्यहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टिल कारोबार शुरु गरे ।

मित्तलको लक्ष्य स्पष्ट थियो । उनी नयाँ स्टिल मिल बनाउनुभन्दा पनि गएगुज्रेको अवस्थामा रहेका मिलमा सुधार गरेर छिट्टै सफलता हासिल गर्न चाहन्थे । भविष्यको सम्भावनालाई पहिचान गरेर उनले यो महसुस गरे कि नयाँ मिल बनाउन समय र पैसा दुवै अधिक खर्च हुन्छ । त्यसकारण उनले आफ्नो सम्पूर्ण ऊर्जा खराब स्थितिमा पुगेका स्टिल मिल किन्ने र तिनमा आमूल परिवर्तन गरेर लाभदायक स्थितिमा पुर्‍याउनमा केन्द्रित गरे ।

त्यस्ता मिललाई फाइदाजनक स्थितिमा ल्याउनका निम्ति मित्तल एक सुनियोजित रणनीति माथि कार्य गर्दछन् । उनी तत्काल उत्पादनको लागत कम गर्दछन्, कर्मचारी सङ्ख्या घटाउँछन् र आधुनिक मेशिनको प्रयोग गर्दछन् । मित्तलको सफलताको कहानीले हामीलाई यो पाठ मिल्छ कि यदि कसैले आफ्नो लक्ष्य स्पष्ट राख्छ र तिनलाई हासिल गर्नका लागि स्पष्ट योजना बनाउँछ भने उसलाई अवश्य सफलता मिल्छ ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ८ : ५० बजे

लेबनानमा आक्रमण: बालबालिकासहित ३१ जनाको मृत्यु

बेरुत – इजरायलले दक्षिणी र पूर्वी लेबनानमा आक्रमण तीव्र बनाएको

आईपीएल : इलिमिनेटरमा राजस्थान र हैदरावाद भिड्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज इलिमिनेटर खेल

नेपाल प्रेस युनियनले आज ३५औँ स्थापना दिवस मनाउँदै, विधान महाधिवेशनको आयोजना

काठमाडौँ– लोकतन्त्रवादी पत्रकारहरूको साझा संगठन नेपाल प्रेस युनियनले आज देशभर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा