संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा | Khabarhub Khabarhub

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेका छन् ।

कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ–आइसोलेसनमा रहेको उनका उप-प्रवक्ता फरहान हकले बताएका छन् । उनमा कुनै लक्षण नदेखिएको र सुरुको परिक्षणमा नेगेटिभ भएता पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन् ।

बिहीबार डिसेम्बर ९ मा पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्ने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताएका छन् ।

महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो ।  आतङ्कवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो ।

बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिको रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ ।

७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरू मध्ये थिए । उनले गत नोभेम्बर २६ मा एक बूस्टर डोज लिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ५५ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न