देउवालाई नै कांग्रेस सभापति बनाउने संस्थापन पक्षको निर्णय « Khabarhub

देउवालाई नै कांग्रेस सभापति बनाउने संस्थापन पक्षको निर्णय


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेताहरुको बैठक सकिएको छ ।

१४औँ महाधिवेशनमा संस्थापन समूहबाट सभापतिमा देउवालाई नै अघि बढाउने निष्कर्ष निकालिएको नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले बताए ।

साझा सभापति चयन गर्न बुधवार देउवा निवास बुढालिनकण्ठमा बसेको देउवा पक्षको समूहले उक्त निष्कर्ष निकालेको हो । देउवामा भिन्नमत भएका व्यक्तिहरुलाई पनि जोड्न सक्ने क्षमता भएकाले उनलाई नै सभापति बनाउने सबै सदस्यहरुको भनाइ रहेको उनले बताए ।

देउवाकै नेतृत्वमा पार्टी जानुपर्छ र उनकै नेतृत्वमा आम निवार्चनमा पार्टीलाई सफलता मिल्छ भन्ने धारण सबैले राखेको डा.महतको भनाइ छ ।

पदाधिकारीको सदस्यहरुको नाम संकलन गर्ने काम भइरहेको पनि उनले जानकारी दिए । उनले भने,‘त्यस विषयमा अहिल देउवाले छलफल गरिरहेका छन् । ’ केन्द्रीय कार्यसमितिको बैठक भोलि ११ बस्ने उनले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ३ : २० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा