पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : अर्थमन्त्री शर्मा « Khabarhub

पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदलौं : अर्थमन्त्री शर्मा


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँँ– अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीसाधनको बिक्रीमा जोड दिन आग्रह गरेका छन् ।

बुधबार अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपाल (नाडाको) को ४५औं वार्षिक साधारण सभामा बोल्दै उनले स्वदेशमै उत्पादित बिजुली खपत तथा वातावरण प्रदूषणलाई समेत न्यूनीकरण गर्न पनि इलेक्ट्रिक सवारी साधनको उपयोग वृद्धि गर्नुपर्ने बताएका हुन् ।

‘अब बिस्तारै पेट्रोल पम्पहरूलाई चार्जिङ स्टेसनमा बदल्नुपर्छ’, मन्त्री शर्माले भने, ‘यस किसिमको प्रविधि पनि आइसकेको छ । यसो गर्दा नै हामी सबैको भलो हुनेछ ।’

यसैगरी अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध लगाउन नसकिने भन्दै स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन व्यवसायीहरूलाई आग्रह गरे । ‘आयातलाई प्रतिबन्ध लगाउन आजको जमानामा सम्भव पनि छैन,’ उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उनको जोड थियो ।

अर्थमन्त्री शर्माले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गरे । ‘अहिलेको २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पुर्‍याउन तपाईंहरूलाई आग्रह छ,’ उनले भने, ‘जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईंहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’

उत्पादनका लागि विद्युतमा उपलब्ध गराउनुपर्ने सहुलियत, जग्गा व्यवस्थापन, श्रम गर्दा निरन्तर उद्योग चलाउने वातावरणको ग्यारेन्टी लगायतका सरकारले उपलब्ध गराउनुपर्ने सेवाहरूको व्यवस्था गर्ने बाचा समेत मन्त्री शर्माले गरे ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १० : २५ बजे

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका

काभा भलिबल : पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौं – काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा