फाइजर र बायोएनटेकद्वारा विकसित खोप ओमिक्रोनविरुद्ध ‘प्रभावकारी’ « Khabarhub

फाइजर र बायोएनटेकद्वारा विकसित खोप ओमिक्रोनविरुद्ध ‘प्रभावकारी’


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको कोरोनाभाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’हुने निर्माता कम्पनीहरूले जानकारी गराएका छन् ।

ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर छ । यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन ।

बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन् ।

खोप निर्माता जर्मन कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् । खोप लगाएका मानिसहरूको रगतको सीरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धानअनुसार ओमिक्रोनविरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा (बूस्टर) खोप आवश्यक भएको बताइएको हो ।

हालको खोपको दुई मात्रा लगाएका व्यक्तिको रगतको नमूनाअनुसार भाइरसको प्रारम्भिक प्रभावको तुलनामा एन्टिबडीहरूलाई तटस्थ राख्न औसत २५ गुणा कटौती भएको देखिएको कम्पनीले बताए ।

‘टि’ कोषबाट रोग प्रतिरोधात्मक प्रतिक्रियाको अर्को भाग सम्भवतः अझै पनि यस भेरियन्टविरुद्ध अत्यधिक प्रभावकारी हुनसक्ने कम्पनीको दावी छ । साथै खोप लगाएका व्यक्तिहरूलाई अझै पनि यस रोगका गम्भीर रूपहरूबाट जोगाउन सकिने फाइजरले जनाएको छ ।

यसको नतिजाबारे थप गहन अनुसन्धान हुन भने बाँकी नै छ । कम्पनीहरूले हाल बायोएनटेकद्वारा विकास हुँदै गरेको एन्टि–कोरोनाभाइरस खोपको ओमिक्रोनको विशिष्ट संस्करण मार्च सम्ममा उपलब्ध हुने बताएका छन् ।

फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोरलाले भने, ‘दुई मात्रा खोपले पनि ओमिक्रोन सङ्क्रमणको कारण हुने गम्भीर समस्याबाट सुरक्षा प्रदान गर्न सक्ने भए तापनि यी प्रारम्भिक तथ्याङ्कबाट यो स्पष्ट हुन्छ कि हाम्रो खोपको तेस्रो मात्राले सुरक्षामा थप सुधार हुनसक्छ।’

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : ५५ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य