बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी « Khabarhub

बेनी-जोमसोम-कोरला सडकको अधिकांश पहिरो हटाइयो, सोमबारसम्म सञ्चालनमा ल्याउने तयारी


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेनी-जोमसोम-कोरला सडक खण्डका अधिकांश स्थानमा पहिरो पन्छाएर ट्रयाक खोल्ने कार्य सम्पन्न भएको सडक विभागले जनाएको छ ।

सडक विभाग महानिर्देशकको सचिवालयका अनुसार असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढी र विभिन्न स्थानमा खसेको पहिरोले उक्त सडक खण्डका ५० भन्दा बढी स्थानहरूमा यातायात अवरुद्ध भएको थियो । 

हाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगर र रघुगङ्गा गाउँपालिका-२ कुनौटा बाहेक अन्य सबै स्थानहरूमा पहिरो हटाई ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको छ भने सडक स्तरोन्नतिको कार्य जारी छ ।

अवरुद्ध दुई स्थानहरूमध्ये पोखरेबगरमा कालीगण्डकी नदीले बगाएको पुलको एप्रोच सडक निर्माणका लागि ग्याबियन टो-वाल बनाई माटो भर्ने काम भइरहेको छ भने कुनौटामा एक्साभेटर प्रयोग गरी ट्रयाक खोल्ने प्रयास भइरहेको छ । 

भइरहेका मर्मत कार्यहरू सम्पन्न गरी आगामी सोमबारसम्ममा सवारी साधन पुनः सञ्चालनमा ल्याउन सकिने अपेक्षा गरिएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ३० बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल