एमाले बैठक : दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव | Khabarhub Khabarhub

एमाले बैठक : दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बैठकमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्य बनाउन प्रस्ताव गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा सञ्चालक प्रसाईँसहित ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने प्रस्ताव गरेका  हुन् ।

छलफलबिनै प्रस्ताव पुगेको भन्दै नेतृ अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण विष्टलगायतले भने विरोध गरेका छन् । सोमबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मनोनितको नाम प्रस्ताव गरेका हुन् ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनितका लागि प्रस्ताव गरिएको जनाइएको छ ।

मनोनितका लागि प्रस्तावितहरूमा प्रसाईँसहित एमालेका प्रमुख सचेतक विशाल भट्टराई, लालबाबु पण्डितदेखि विद्यार्थी नेता ऐन महरसम्म छन् । प्रसाई मेडिकल व्यवसायी हुन् । उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । पण्डित पदाधिकारीमा नाम नपरेपछि एमालेको महाधिवेशन नै छाडेर हिँडेका थिए । विगतमा उनी एमालेमा माधवकुमार नेपाल निकट थिए ।
यस्तै  दल फडेरा, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र विषमलाल अधिकारी छन् ।

यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाई, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जाल, शान्ति अधिकारी, रुक्मीणि राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : ०८ बजे

टेस्लाको रोबो ट्याक्सी ‘साइबरक्याब’ सार्बजनिक, के के छन् विशेषता ?

काठमाडौं – एलन मस्कको टेस्लाले आफ्नो पहिलो रोबोट ट्याक्सी ‘साइबरक्याब’

इजरायली आक्रमण कम्तीमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

गाजा – उत्तरी गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले आफ्नो

महिला टी–२० विश्वकप : श्रीलंकाविरुद्ध न्यूजिल्याण्डको उत्कृष्ट जित

काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत न्यूजील्याण्डले श्रीलंकालाई पराजित

देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छः सञ्चारमञ्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र जनतालाई

नेपालबाट यसबर्षको मनसुन बाहिरियो

काठमाडौं – नेपालबाट यसबर्षको मनसुन बाहिरिएको छ । जल तथा