शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव « Khabarhub

शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा-मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् ।

खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा-मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरेका हुन् ।

विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा विप्लवले दुई दिन बिताएर आइतबार फर्किएका छन् ।

उत्पादनसँग जोडेर जनवादी स्कुल चलाउने अवधारणासहित विप्लवले फाउन्डेसन अवलोकन गरेको कार्यकारी निर्देशक सूर्य राईले बताए ।

‘जनवादी स्कुल चलाउने विषयमा प्रचण्ड र बाबुरामसँग उहाँको छलफल नै भएको रहेछ,’ कार्यकारी निर्देशक राईले भने, ‘शिक्षालाई उत्पादनसँग जोडेर केही गरौं भन्ने उहाँको सोच अहिले पनि रहेछ । सोही अनुसार उहाँले फाउन्डेसनको शैक्षिक मोडलको विषयमा अवलोकन गर्नुभएको छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : ५९ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा