शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव | Khabarhub Khabarhub

शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा-मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् ।

खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा-मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरेका हुन् ।

विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा विप्लवले दुई दिन बिताएर आइतबार फर्किएका छन् ।

उत्पादनसँग जोडेर जनवादी स्कुल चलाउने अवधारणासहित विप्लवले फाउन्डेसन अवलोकन गरेको कार्यकारी निर्देशक सूर्य राईले बताए ।

‘जनवादी स्कुल चलाउने विषयमा प्रचण्ड र बाबुरामसँग उहाँको छलफल नै भएको रहेछ,’ कार्यकारी निर्देशक राईले भने, ‘शिक्षालाई उत्पादनसँग जोडेर केही गरौं भन्ने उहाँको सोच अहिले पनि रहेछ । सोही अनुसार उहाँले फाउन्डेसनको शैक्षिक मोडलको विषयमा अवलोकन गर्नुभएको छ ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ३ : ५९ बजे

टेस्ट क्रिकेटमा अफ्रिकी ब्याट्सम्यान प्रोस्टिरियसको दुर्लभ कीर्तिमान

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाका लुँगे डे प्रोस्टिरियसले दुर्लभ

प्रतिनिधिसभाबाट निजामती विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज धान दिवस र दही चिउरा खाने पर्व

काठमाडौं – प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस

इरानले गर्‍यो सैन्य अधिकारी र आणविक वैज्ञानिकको सामूहिक अन्त्येष्टि

तेहरान – इरानले इजरायलसँगको १२ दिने युद्धको क्रममा मारिएका ६०