गाउँपालिकाले दियो पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई थप रकम « Khabarhub

गाउँपालिकाले दियो पहिरोमा परेर ज्यान गुमाएको परिवारलाई थप रकम


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको फाकफोकथुम गाउँपालिकाले बेमौसमको वर्षापछि गएको पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाखका दरले राहत रकम दिएको छ । गत २ र ३ कात्तिकमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाउने चारजनाको परिवारलाई एक–एक लाख रुपैयाँको दरले राहत रकम दिएको हो ।

गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई, वडाध्यक्ष राजु पौडेलले घरैमा पुगेर पीडित परिवारलाई राहात रकम प्रदान गरेका हुन् । फाकफोकथुम गाउँपालिका-३ आमचोकमा पहिरोमा परेर एकै परिवारको चारजनाको मृत्यु भएको थियो ।

घरमाथिबाट आएको पहिरोले का ८६ वर्षे नैनसिंह कटुवाल, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षे निश्चित कटुवालको मृत्यु भएको छ । सोही पहिरोमा परेर ७५ वर्षीया रणजता थापाको समेत मृत्यु भएको थियो । थापा नैनसिह कटुवालको बहिनी हुन् । पहिरोले कटुवाल परिवारको घर समेत पूर्ण रूपमा नष्ट गरेको छ । गाउँपालिकाले उनीहरूको घर निर्माणको लागि समेत एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि सरकारले कटुवाल परिवारलाई तीन लाख रुपैयाँ राहात उपलब्ध गराएको थियो ।

पहिरोका कारण फाकफोकथुम गाउँपालिकामा मात्रै ६ जनाले ज्यान गुमाएका थिए । फाकफोकथुम गाउँपालिकाको(१ ठिङ्गेपुरका २१ वर्षकी टिना शेर्मा र १४ वर्षका आइतबहादुर राईको समेत पहिरोमा परेर मृत्यु भएको थियो । उनीहरूको परिवारलाई समेत राहत रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष सरु राईले जानकारी दिइन् ।

जिल्ला प्रशासन कार्यालयले राई र शेर्माको परिवारलाई समेत जनही दुई(दुई लाख रुपैयाँ राहत उपलब्ध गराएको थियो । इलाम जिल्लामा पहिरोमा परेर १५ जनाको मृत्यु भएको थियो । त्यसमध्ये १३ जनाले मात्रै राहत पाएका छन् । दुई जनाको राहत दिन मिल्ने नजिकको नातेदार नभएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिए । हालसम्म १२ जनाको परिवारले राहत रकम लिइसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : ४१ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको