कोटेश्वरबाट विप्लव नेकपाका ७ कार्यकर्ता पक्राउ « Khabarhub

कोटेश्वरबाट विप्लव नेकपाका ७ कार्यकर्ता पक्राउ


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा विस्फोट भएसँगै सुरक्षा संयन्त्र कडा पारिएको छ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट ७ जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरेको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ३ झोला पार्टीको पर्चा, मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार पक्राउ पर्नेहरुमा डम्बरबहादुर तामाङ, चित्रकमल वली, राकेश श्रेष्ठ, तेजबहादुर मोक्तान, तेजराज काफ्ले लगायत छन् ।

आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको हो । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । विस्फोट विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीको भनाइ छ । सवै ठाउँमा भएको विस्फोटको प्रकृति एउटै प्रकारको रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ८ : ५८ बजे

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु

बाढीपहिरोबाट पृथ्वी राजमार्गसहित मुख्यसडक अवरुद्ध

काठमाडौं– बाढी पहिरोले देशका विभिन्न राष्ट्रिय राजमार्ग र मुख्यसडक अवरुद्ध

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६