१२ सिटे जीपमा १८ जना यात्रु, दुर्घटना हुँदा तीनको मृत्यु | Khabarhub Khabarhub

१२ सिटे जीपमा १८ जना यात्रु, दुर्घटना हुँदा तीनको मृत्यु


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दुर्घटनामा परेको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोड सडक खण्डको तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका ४ की साउनी घर्ती रहेका छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घाइते भएका छन् । घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।

गाडीको गेर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दुर्घटना भएको पुजाराले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ०६ बजे

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा (कतार) – प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १५ गते आइतबार। असार

आज २०८२ साल असार १५ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १५ गते आइतबार। असार

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समीक्षाले भनिन् : महेश बस्नेतले मेरो चरित्र हत्या गरे

काठमाडौं – गायिका समीक्षा अधिकारीले नेकपा(एमाले)का नेता महेश बस्नेतले आफ्नो