गगनको कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन « Khabarhub

गगनको कटाक्ष : कांग्रेसमा ‘बा’ ले पढ्ने लिस्टको कुनै अर्थ छैन


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् ।

सोमबार हुन लागेको कांग्रेसको महाधिवेशन अन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको र त्यस्तो अवस्था कांग्रेसमा नहुने बताए ।

‘नारायणीको तिरमा घामा तापिरहेको एमाले कार्यकर्ताको ध्यान होटलमा थियो, लिस्ट कहिले आउँछ भनेर,’ उनले भने, ‘यहाँ बाले पढ्ने लिस्टको कुनै अर्थ छैन । महाधिवेशनको सुन्दरता छ ।’

उनले यो कांग्रेस भित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए । ‘भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ’, उनले भने ।

उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई वजयी बनाउन चाहिरहेको बताए । ‘कसैलाई हामी हराउँदै छैनौं । हामी जितेर सिंगो पार्टीलाई विजयी बनाउन चाहन्छौं’, उनले भने ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ३९ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।