शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय « Khabarhub

शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए ।

मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेर राति अर्कैको घरमा गएर बसेका थिए ।

२९ असोज २०७७ मा अम्लिसे भन्ज्याङ आधारभूत विद्यालय कार्यरत शिक्षक पुष्पलालको घरैमा शव भेटिएको थियो । भोलिपल्ट बिहान मृत भेट्टिएका पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट ‘लैला’ नामको कुकुर झिकाएको थियो । अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको संकेतको आधारमा प्रहरीले पदमबहादुरलाई तत्काल पक्राउ गरेको थियो ।

अनुसन्धान पुरा भएपछि प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालतले अभियोगी राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ समेत जम्मा गर्ने गरी फैसला सुनाइएको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : १६ बजे

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा

गायक यम बराललाई भएको ‘मल्टिपल माइलोमा’ कस्तो रोग हो ?

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन

हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी

एजेन्सी– इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन