शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय « Khabarhub

शिक्षकको हत्या आरोपमा एक जनालाई जन्मकैदको सजाय


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको माई नगरपालिका–१ का शिक्षक पुष्पलाल राईको हत्या अभियोग लागेका सोही ठाउँका पदमबहादुर राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । ज्वाइँ जेठान सम्बन्ध पर्ने ४६ वर्षका पदमबहादुर राईले व्यक्तिगत रिसिबीका कारण जेठान ४६ वर्षीय पुष्पलालको हत्या गरेका थिए ।

मादक पदार्थ सेवन गरेका सम्बन्धले ज्वाइँ पर्ने पदमबहादुरले जेठान पुष्पलालकै घरमा गएर पछाडिबाट घाँटीमा खुकुरी प्रहार गरेर हत्या गरेर राति अर्कैको घरमा गएर बसेका थिए ।

२९ असोज २०७७ मा अम्लिसे भन्ज्याङ आधारभूत विद्यालय कार्यरत शिक्षक पुष्पलालको घरैमा शव भेटिएको थियो । भोलिपल्ट बिहान मृत भेट्टिएका पुष्पलालको हत्याको अनुसन्धान गर्न प्रहरीले धरानबाट ‘लैला’ नामको कुकुर झिकाएको थियो । अनुसन्धानको लागि तालिम प्राप्त कुकुरको संकेतको आधारमा प्रहरीले पदमबहादुरलाई तत्काल पक्राउ गरेको थियो ।

अनुसन्धान पुरा भएपछि प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोजन दर्ता गरेको थियो । जिल्ला अदालतले अभियोगी राईलाई जन्मकैद सँगै पीडितका नाममा ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ समेत जम्मा गर्ने गरी फैसला सुनाइएको जिल्ला अदालत इलामका श्रेस्तेदार फडिन्द्र भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ८ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै