रिजल्ट चित्त नबुझेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप, १२ जना पक्राउ « Khabarhub

रिजल्ट चित्त नबुझेको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप, १२ जना पक्राउ


२६ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– कक्षा १२ नतिजा चित्त नबुझेको भन्दै पोखरामा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले १ हप्तादेखि परीक्षा व्यवस्थापन बोर्डमा धर्ना दिइरहेका छन् ।

नतिजा चित्त नबुझेको भन्दै धर्नामा रहेका विद्यार्थीमाथि आइतबार प्रहरीले बल प्रयोग गरेको छ । धर्नामा बसेका १२ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि अवस्था तनावपूर्ण बनेको थियो । त्यस क्रममा झडप हुँदा केही विद्यार्थी र प्रहरीसमेत घाइते भएका छन् ।

गण्डकीमा ७ वटा विद्यालयबाट कानुन विषयमा परीक्षा दिएका विद्यार्थीको नतिजामा निकै कम अंक आएको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । यो विषयमा सबैभन्दा धेरै अंक ल्याउने विद्यार्थीले बी प्लस मात्रै पाएको उनीहरुको भनाइ छ ।

आफूहरुले परीक्षा राम्रो गरे पनि नतिजा गलत मनसायबाट प्रकाशित गरिएको विद्यार्थीहरुको आरोप छ । परीक्षा बोर्डले नतिजामा असन्तुष्टी भए पुस ४ गतेसम्म निवेदन दिन भनेको छ । तर, त्यसका लागि पैसा तिर्नुपर्छ । विद्यार्थीहरुले विना शुल्क आफ्नो उत्तरपुस्तिका हेर्न पाउनुपर्ने माग राखेका छन् । विद्यार्थी संघ संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरी समस्या समाधानको माग गरेका छन् ।

‘नियोजित रुपमा अनियमितता भएको देखिएको छ । विद्यार्थीहरु यसबाट मर्कामा परेका छन्,’ विद्यार्थी संगठनहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीहरु आफ्नो अधिकारको लागि धर्नामा बसेको बेला प्रहरी प्रशासनले निर्ममतापुर्वक लाठी चार्ज गरेको र विद्यार्थीहरुलाई कुटपिट गरेको छ । केही घाइते र गिरफ्तार गरिएको छ । उक्त घटनाको घोर भत्र्सना गर्दछौं।’

उनीहरुले घाइते विद्यार्थीको निस्शुल्क उपचार र गिरफ्तारमा परेकाको रिहाइको माग गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं, अनेरास्ववियू, अखिल क्रान्तिकारीका प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो माग गरेका हुन् । भदौ ३० गतेदेखि सञ्चालन भएको परीक्षाको नतिजा मंसिर ९ गते प्रकाशित गरिएको थियो ।

प्रदेश परीक्षा व्यवस्थापन बोर्ड प्रमुख विष्णुनारायण श्रेष्ठले कानुन संकायका विद्यार्थीको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयमै पठाएको बताए । ‘धेरै विद्यार्थी भएका विषयको जाँच प्रदेशमै भयो । थोरै पुस्तिका परीक्षा नियन्त्रण कार्यालयमा पठाएका थियौं,’ उनले भने, ‘माथिबाट आएको नतिजाबारे हामीलाई जानकारी छैन । जे रिजल्ट आयो, त्यही प्रकाशन गरिएको हो ।’ विद्यार्थीको मागबारे सम्बन्धित ठाउँमा जानकारी गराउने उनको भनाइ छ । न्यूजकारखाना

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ९ : ३५ बजे

हिरो बन्दै कमेडियन सुमन कोइराला, असार २९ बाट सुटिङ

काठमाडौं – कमेडी च्याम्पियनबाट उदाएका कलाकार सुमन कोइराला नायकका रुपमा

सरकारको भुईँमा खुट्टै छैन, यसरी उम्लेकाहरू स्थिर हुँदैनन् : अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारको सय दिनमा

गायक यम बराललाई भएको ‘मल्टिपल माइलोमा’ कस्तो रोग हो ?

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन

हेजबुल्लाहलाई निशस्त्र नगरेसम्म लेबनानमा सेना रहने इजरायलको दावी

एजेन्सी– इजरायली रक्षामन्त्री इजरायल काट्जले हेजबुल्लाह पूर्ण रूपमा निशस्त्र नभएसम्म

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने

काठमाडौं- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन