नेपाल र अमेरिकामा एकसाथ ‘फिच्यो’ « Khabarhub

नेपाल र अमेरिकामा एकसाथ ‘फिच्यो’


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक विकास घले गुरुङले स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहे पनि फिल्म प्रदर्शनको माहोल नबनिरहेको अवस्थामा विशेष प्रदर्शन गर्न लागिएको बताए ।

उनका अनुसार यो फिल्म नेपाली, अंग्रेजी र गुरुङ भाषामा निर्माण गरिएको छ । गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर आगामी पुस ३ गते काठमाडाैंको रानीदेवी पार्टी प्यालेस र अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विशेष प्रदर्शन गर्न लागिएको हो ।

फिल्ममा विश्वास गुरूङ, इन्द्र घले(काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बाछिरिड शेर्पा, सिर्जना गुरुङ, विरुप घलेलगायतको अभिनय रहेको छ ।

गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलनसहितको कथावस्तु बोकेको फिल्म स्वदेशका आकर्षक लोकेसनमा छायांकन गरिएको छ । रेड ओसियन इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा विकासकै लेखन, प्रकाश गुरुङ(काश)को छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत, गोरे गुरुङको नृत्य र निर्देशक विकासकै सम्पादन छ ।

शान्तिमाया गुरुङ (युएस), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ(इराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रदो सामाजिक परिस्थितीले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्‍याउछ भन्ने देखाउन खोजिएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : ०७ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक