लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्नुहोस् « Khabarhub

लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्नुहोस्


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको महधिवेशनमा अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापाले नेतृत्व चयनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् ।

नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर थापाले निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् । निर्मल निवासको हस्तक्षेप, पार्टीलाई निर्मल निवासको रिमोट कन्ट्रोलबाट मुक्त गर्ने निश्चित भएमात्र पार्टी एकता कायम रहने उनले चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बरेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।’

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ५३ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर