लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्नुहोस् « Khabarhub

लिङ्देनलाई पत्र लेख्दै कमल थापाले भने : निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्नुहोस्


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको महधिवेशनमा अध्यक्षमा पराजित निवर्तमान अध्यक्ष कमल थापाले नेतृत्व चयनमा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको भन्दै त्यसको छानबिन गर्न माग गरेका छन् ।

नवनिर्वाचित पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर थापाले निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका हुन् । निर्मल निवासको हस्तक्षेप, पार्टीलाई निर्मल निवासको रिमोट कन्ट्रोलबाट मुक्त गर्ने निश्चित भएमात्र पार्टी एकता कायम रहने उनले चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका बरेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।’

 

 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ६ : ५३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको