श्रम प्रशासन सुधारमा आइएलओको सहयोग | Khabarhub Khabarhub

श्रम प्रशासन सुधारमा आइएलओको सहयोग


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक सामग्री सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा आइएलओका नेपाल निर्देशक रिचार्ड होवार्डले श्रममन्त्री कृष्णकुमार श्रेष्ठलाई ती सामग्री हस्तान्तरण गरे । आइएलओले पाँच वटा मोटरसाइकल, २४ वटा ल्यापटप, प्रिन्टरलगायत सामग्री मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

सहयोग हस्तान्तरण गर्र्दै निर्देशक होवार्डले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने श्रमिकको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दै आएको बताए ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद दिए । आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था अन्तराष्ट्रिय श्रम सङ्गठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले विश्वभर काम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ९ : ५० बजे

संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री

विराटनगर– सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधिसभाको अवरोध

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ भने चाँदीको

राजा फर्काउने आन्दोलन : सिसिफसको दुःख !

काठमाडौं– नोबेल पुरस्कार बिजेता चर्चित अस्थित्ववादी लेखक अल्बर्ट कामूले ‘द

सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै

वीरगञ्ज– सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आगामी साउनदेखि वीरगञ्ज भन्सार

भिजिट भिसा प्रकरण : एक हप्तासम्म पनि हुन सकेन बजेटमाथि छलफल

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदमा जेठ १५