मतदान सकियो, सभापतिको मत गणना केही समयपछि सुरु हुने « Khabarhub

मतदान सकियो, सभापतिको मत गणना केही समयपछि सुरु हुने


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । अहिले राति साढे ११ बजे मतदान सकिएको हो। मतदान सकिएपछि मुचुल्का उठाउने काम भइरहेको छ । निर्वाचन समितिले कति मत खस्यो भन्नेबारे जानकारी दिएको छैन । ४७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

मतदान सकिएसँगै सभापतिको मत गणना अब केही समयपछि सुरु हुनेछ । सभापतिमा ५ जना शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत नल्याए सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

१३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचनबाट चयन हुने व्यवस्था अनुसार २ जना निर्विरोध निर्वाचित भइसकेकाले १३२ सिटका लागि सोमबार रातिसम्म मतदान भएको हो। सभापतिको टुंगो लागेपछि अन्य पदहरुको मतगणना हुनेछ । सभापतिको मतगणना राष्ट्रिय सभा गृहमा अहिले केही समयपछि हुनेछ भने अन्य मत बाकस पार्टी केन्द्रीय कार्यालय सानेपा लगिने छ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ११ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको