भारतीय नागरिक पक्राउ « Khabarhub

भारतीय नागरिक पक्राउ


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए ।

‘पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ’, उनले भने । पक्राउ परेका उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : १५ बजे

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तर्राष्ट्रिय सांस्कृतिक दूतमा फु छियाङ नियुक्त

काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय शिक्षा

जबरजस्ती करणी गरेको अभियोगमा तीनजना पक्राउ

रोल्पा– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई बिहीबार बिहान

आँबुखैरेनी–मुग्लिन सडक पहिरो पन्छाएपछि सुचारु 

दमौली– आँबुखैरेनी–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा

साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग

काठमाडौं– एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत्

उजाड सुकुम्वासी बस्तीमा कवाडी संकलकलाई ‘दशैँ’

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार लगायत क्षेत्रमा सरकारी जग्गा