भारतीय नागरिक पक्राउ « Khabarhub

भारतीय नागरिक पक्राउ


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए ।

‘पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ’, उनले भने । पक्राउ परेका उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ३ : १५ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका