वागमतीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, ५ मन्त्री र १ राज्यमन्त्री थपिए « Khabarhub

वागमतीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, ५ मन्त्री र १ राज्यमन्त्री थपिए


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा माओवादी केन्द्रबाट तीन र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री तथा एक राज्यमन्त्री थप थपिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् । वागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बाट बढाएर १४ पुर्‍याइएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ५ : ११ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको